दुई किलो कोकिनसहित विमानस्थलबाट ब्राजिलियन नागरिक पक्राउ

त्रिभुवन विमानस्थलबाट दुई किलो १ सय ग्राम कोकिनसहित एक जना ब्राजिलियन नागरिक पक्राउ परेका छन् । सोमबार एक्सवाई ७५९३७ नम्बरका राहदानी बोकेका ६१ वर्षीय सर्जियो ट्रुलाई विमानस्थल प्रहरीले कोकिनसहित पक्राउ गरेको हो।

प्रहरीका अनुसार ब्युरोको विशेष सूचनापछि सर्जियोको निगरानी भइरहेको थियो । ब्युरोका एसएसपी बसन्त लामाले विमानस्थलबाट बरामद कोकिन भएको पुष्टि गरे। उनले पक्राउ व्यक्तिका विषयमा थप अनुसन्धान भइरहेको बताए ।



उनी कतार एयरको उडानबाट नेपाल आएको खुलेको छ। विमानस्थलमा भन्सार जाँच गर्ने क्रममा उनले बोकेको झोलामा कोकिन फेला परेको हो। उनलाई थप अनुसन्धानका लागि लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वर पठाइएको प्रहरीले जनाएको छ। ब्युरोका अनुसार बरामद कोकिनको अन्तराष्ट्रिय बजार मूल्य ६ करोड रूपैयाँ बराबर हुन्छ।

सम्बन्धित समाचार