स्वतन्त्र राष्ट्रिय अभियान, नेपालले हाम्रो सार्वभौमिकता तथा अखण्डतामाथि पटक पटक आँच पुर्याउँदै आएको इण्डियाको सम्पूर्ण चलचित्र, सोसँग सम्बन्धित सम्पूर्ण गीत संगीत र समीक्षाका कार्यक्रमहरु समेत तत्काल रोक्न सबै चलचित्रालयहरुलाई अनुरोध गरेको छ ।
नेपालमा हिन्दी सामाग्री तत्काल नरोकेमा जुनसुकै गतिविधिबाट हुने क्षतिको जिम्मा स्वयंले लिने पर्ने चेतावनी पनि अभियानले दिएको छ । सो बारेमा कार्तिक २५ गते संवाद चौतारी अनामनगर पुल पूर्वमा हुने पत्रकार सम्मेलनमा विस्तृत जानकारी दिने अभियानद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।