भाइ रुप ज्योति मुछिएको ठगीकाण्डमा अनुसन्धान गर्नका लागि ज्योति समूहका अध्यक्ष पद्य ज्योतिलाई पनि पक्राउ गर्न अदालतले अनुमति दिएको छ । प्रहरीले रुप ज्योति मुछिएको ठगी मुद्दामा अनुसन्धानका लागि पक्राउ अनुमति मागेपछि जिल्ला अदालत काठमाडौंका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले यस्तो अनुमति दिएको जानकारी श्रेष्तेदार आनन्द श्रेष्ठले दिए ।
पद्यमका भाइ रुप ज्योति र उनकी छोरी सुरुचीलाई सिंगापुरबाट फर्किँदै गर्दा प्रहरीले त्रिभुवन विमानस्थलबाटै पक्राउ गरेर हिरासतमा लिएको थियो । पेचिलो बन्दै रुप ज्योति प्रकाउ प्रकरण, अलमलमा निजी क्षेत्र बाँसबारीस्थित ल्याण्डमार्क डेभलपर्स प्रालि र विजेन्द्रकृष्ण मल्लबीच २०७१ सालमा घर निर्माणसम्बन्धी सम्झौतापछि बढ्दै गएको विवादले रुप र उनकी छोरी पक्राउ परेका थिए ।
यही प्रकरणमा पद्मलाई पनि पक्राउ गर्न अदालतबाट प्रहरीले अनुमति लिएको हो। ज्योति र मल्लबीचको सम्झौतामा ६ आना ३ दाम २।१६ पैसा जग्गामा घर बनाएर मल्ललाई हस्तान्तरण गर्ने कुरा उल्लेख गरिएको जनाइएको छ। त्यही सम्झौताको आधारमा मल्लले कम्पनीलाई १ करोड ३६ लाख बुझाएको जनाएका छन्।