मिर्गौला प्रकणमा पक्राउ परेका निदान अस्पतालका सीइओ र चिकित्सकसहित पाँच जना जेल चलन भएका छन् । नाता नपर्ने व्यक्तिलाई बिरामीको भान्जा बनाएर मिर्गौला प्रत्यारोपण गरेको घटनामा उनीहरु जेल चलान भएका हुन् ।
ललितपुर जिल्ला अदालतले अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विपेन्द्र प्रधान, चिकित्सक डा राजेश पन्त कानुनी सल्लाहकार कुमुद भट्टराई, ललितपुर जिल्ला प्रशासन कार्यालयका तत्कालीन अधिकृत रामचन्द्र आले र मिर्गौला लिने शंकरलाल लामालाई जेल चलान गर्ने आदेश दिएको हो।
लामाबाहेक पक्राउ परेका अन्य चारजना मिर्गौला प्रत्यारोपणमा कागजपत्र प्रमाणीकरण गर्ने कानुन समितिका व्यक्ति हुन्। शंकरलालका आफ्नै भान्जा भन्दै पीडितको मिर्गौला निकालिएको थियो।