नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मंसिर १४ को उपनिर्वाचनले पार्टीको जनमतको नमूना देखाउने बताएका छन् । बाराको निजगढमा बुधबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा वरिष्ठ नेता पौडेलले पार्टीलाई ठूलो मिसनमा अगाडि बढाउन अब कांग्रेसको कार्यकर्ता भएर काम गर्नुपर्ने बेला आएको बताए ।
‘कांग्रेसलाई अब नयाँ ढंगबाट अगाडि बढाउन जरुरी छ,’ नेता पौडेलले भने, ‘त्यसका लागि छिट्टै महाधिवेशन कार्यतालिका तय गरेर अगाडि बढ्नुको विकल्प छैन्।’ नेता पौडेलले कार्यकर्ताको न्याय, निष्पक्ष र पारदर्शी मूल्यांकन आवश्यक रहेको बताए ।
सीमासम्बन्धी सबै समस्या समाधान गर्न सरकारलाई अहिले सबैभन्दा उत्तम समय भएको नेता पौडेलले बताए । ‘अहिले प्रतिपक्षको समेत साथ पाएको छ,’ नेता पौडेलले भने ुसीमा समस्या विगतदेखिकै समस्या भए पनि अहिले जस्तो स्थिर सरकार र सवै राजनीतिक शक्तिको साथ यसअघि कहिल्यै पाएको थिएन् ।’
नेता पौडेलले सीमाको समस्या समाधान गर्न यो पटक नेपाल चुक्न नहुने बताए। ‘हामीले प्रधानमन्त्रीलाई तपाईंले कूटनीतिक पहल गरेर समाधान गर्नु जरुरी छ भनेका छौँ,’ नेता पौडेलले भने–आफ्नो देशको सीमा सुरक्षाका लागि हामी एक छौं ।’