व्यवसायी डा. रूप ज्योतिविरुद्धको मुद्दा फिर्ताको लागि जाहेरीकर्ता स्वयंले प्रहरीमा निवेदन दिएका छन्। रकम ठगीको आरोपमा प्रहरीमा जाहेरी दिएका विगेन्द्रकृष्ण मल्लले पूर्वअर्थ राज्यमन्त्री डा. ज्योतिविरुद्धको मुद्दा फिर्ताको लागि निवेदन दिएका हुन्।
एक हप्ताअघि जाहेरी परेपछि रूप ज्योति र उनकी छोरी सुरुचि ज्योति पक्राउ परेका थिए। उनीविरुद्ध दुई पटक म्याद थप भएर प्रहरीले अनुसन्धान गरिरहँदा जाहेरवालाले फिर्ताको निवेदन दिएका हुन्। जिल्ला सरकारी वकिलको कार्यालयका अनुसार मल्लले फिर्ताको लागि निवेदन दिए पनि प्रहरीले अनुसन्धानको फाइल सरकारी वकिलमा बुझाइसकेको छ।
तर मल्लले ठगी भएको भनिएको रकम फिर्ता पाएको निवेदन दिएपछि मुद्दा चल्ने वा नचल्ने निर्णय हुन बाँकी छ। बाँसबारीस्थित जग्गा प्लटिङ किनबेचमा ठगी भएको भन्दै मल्लले रुप ज्योतिविरुद्ध उजुरी गरेका थिए।