प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिने नेकपाका नेता वामदेव गौतमले मन्त्रीपरिषदबारे गरेको टिप्पणीले राजनीतिमा तरंग पैदा गरेको छ। नेकपाका प्रस्तावित उपाध्यक्ष तथा सचिवालय सदस्यसमेत रहेका नेता गौतमले प्रधानमन्त्री बाहेक अरु सबै मन्त्रीको राजीनामा माग्नुपर्ने अडानले प्रधानमन्त्री अफ्यारोमा परेका छन् ।
गौतमले मन्त्रिपरिषद पुनर्गठन गर्दा सबै मन्त्रीहरुलाई हटाएर नयाँ बनाउनुपर्ने बताएका छन। पुनर्गठन भन्ने बित्तिकै मन्त्रीको राजीनामा नमागिने र अहिले रहेका प्रधानमन्त्री बाहेक सबै मन्त्री नरहने र नयाँ मन्त्रीहरु नियुक्ति हुने नेता गौतमको भनाइ छ ।
स्रोतका अनुसारओली लामो समय अमेरिकामा बसेर उपचार गराउनुपर्ने भएकोले नेकपाका उपाध्यक्ष वामदेव गौतम वा प्रवक्ता नारायणकाजी श्रेष्ठलाई वरिष्ठ उपप्रधानमन्त्री बनाइने तयारी गरिएको छ ।
गौतम र श्रेष्ठलाई राष्ट्रिय सभामा ल्याएर उपप्रधानमन्त्री बनाइने र कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी दिने बुझिएको छ । नेकपाका अर्का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले केहि मन्त्रीलाई मात्र हटाउन गरेको प्रस्ताव प्रधानमन्त्री ओलीले अस्विकार गर्दै आएका छन। प्रधानमन्त्री ओली मन्त्रीहरुको सेटनै परिवर्तन गर्ने योजनामा रहेको बताइन्छ । स्रोतका अनुसार प्रधानमन्त्री ओली आजै साँझ सबै मन्त्रीको राजीनामा माग्ने तयारीमा छन् ।