ठगी अभियोगमा पक्राउ परेका पूर्व राज्यमन्त्री एवं चर्चित व्यवसायी डा. रुप ज्योतिमाथि ठगि मुद्दा नचल्ने भएको छ। जिल्ला सरकारी वकिलको कार्यालयको यो निर्णयसँगै घटनामा पक्राउ परेका सबै रिहा हुने भएका छन्।
कार्यालयका प्रवक्ता नुमराज खनालले ज्योतिमाथि ठगिमा मुद्दा नचल्ने बताए। उनीविरुद्ध मुद्धा नचल्ने देखिएको भन्दै सरकारी वकिल कार्यालयले रिहा गर्न महनगरीय प्रहरी परिसर काठमाडौंलाई पत्रचार गरेको छ। अब रुपज्योति हाजिरी जमानीमा छुट्ने भएका छन्। “फाइल उच्च सरकारी वकिल कार्यालय पाटन पठाएका छौ” उनले भने, “अब मुद्दा चल्ने नचल्ने निर्णय महान्यायाधिवक्ताको कार्यालयले गर्नेछ।”
यसअघि उनको अनुसन्धान फाइल प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएको थियो। अनुसन्धानपछि बुझाएको फाइल सरकारी वकिल कार्यालयले अनुसन्धान नपुगेको भन्दै बिहीवार प्रहरीलाई नै फिर्ता पठाएको थियो।
एक करोड २६ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीमा जाहेरी परेपछि कातिक २१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै ज्योति पक्राउ परेका थिए। छोरी सुरुचि र दाजु पद्म ज्योति पनि रुपज्योतिसँगै रिहा हुने छन् ।