हिमाली क्षेत्रमा सामान्य हिमपात बाहेक आज देशभरको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका पूर्वी पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुने मध्य पहाडी भु-भागमा आंशिक बदली हुने सम्भावना देखिएको महाशाखाले जनाएको छ । त्यस्तै साँझपख भने पूर्वी पहाडी भु-भागका एक वा दुई स्थानमा छिटपुट वर्षा हुने सम्भावना रहेको पनि विभागले जनाएको छ ।
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशका केही स्थानको मौसममा असर परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पाकिस्तान तथा आसपासका क्षेत्रमा पश्चिमी न्यून चापीय प्रणाली बनेको छ । दक्षिण–पश्चिम बंगालको खाडीबाट मध्य–पूर्वी बंगालको खाडीसम्म न्यून चापीय रेखा कायम छ ।
यसैगरी भारतको राजस्थानमा न्यून चापीय प्रणाली विकशित भएकाले यी मौसमी प्रणालीको प्रभाव नेपालमा परेको हो । हाल देशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली भएको छ ।
तराई क्षेत्रमा आंशिक बदलीको अवस्था रहेको मौसमविदले बताएका छन् । आइतबार दिनभर पूर्वी पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुनेछ ।
मध्य पहाडी क्षेत्रमा आंशिक बदली हुने र बाँकी क्षेत्रको मौसम भने सामान्यतया सफा रहने मौसमविदले बताएका छन् । पूर्वी पहाडी क्षेत्रका एक–दुई स्थानमा छिटफुट वर्षाको सम्भावना रहेको जनाइएको छ ।
सोमबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहने छ । पूर्वी पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ। राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ। पूर्वी पहाडी भू-भागका १-२ स्थानमा हल्का वर्षा हुने सम्भावना छ।
मंगलबार दिउँसो देशका पूर्वी तथा मध्य भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहने छ । पूर्वी पहाडी भू-भागका थोरै र मध्य पहाडी भू-भागका १-२ स्थानमा हल्का वर्षा हुने सम्भावना छ।
राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ। पूर्वी पहाडी भू-भागका थोरै र मध्य पहाडी भू-भागका १-२ स्थानमा हल्का वर्षा हुने सम्भावना छ।