मन्त्रिपरिषद पुनर्गठनको विषयमा नेकपाका अध्यक्ष पुष्पकमल दाहालको नाम जोडिएर आएका समाचारप्रति सचिवालयले आपत्ति जनाएको छ । अध्यक्ष प्रचण्डको नीजि सचिवालयले प्रेस विज्ञप्ति जारी गर्दै समाचारप्रति आपत्ति जनाएको हो ।
सचिवालयबाट जारी विज्ञप्तिमा लेखिएको छ, “हाम्रो पार्टी नेतृत्वमा रहेको वर्तमान सरकारमा सहभागी मन्त्रीहरुका विषयमा अध्यक्ष कमरेड प्रचण्डलाई जोडेर विभिन्न सञ्चारमाध्यममा प्रसारितरप्रकाशित अनर्गल र भ्रामक समाचारको हाम्रो सचिवालय घोर भत्र्सना र खण्डन गर्दछ ।”
विज्ञप्तिमार्फत मन्त्री मण्डल फेरबदलको विषय प्रधानमन्त्री केपी शर्मा ओलीकै क्षेत्राधिकारको विषय रहेको कुरा अध्यक्ष प्रचण्डले जोड दिईरहनुभएको भन्दै भ्रममा नपर्न सबैमा आग्रह समेत गरिएको छ ।
यस्तो छ विज्ञप्ति :
भ्रामक समाचारको खण्डन
हाम्रो पार्टी नेतृत्वमा रहेको वर्तमान सरकारमा सहभागी मन्त्रीहरुका बिषयमा अध्यक्ष कमरेड प्रचण्डलाई जोडेर विभिन्न सञ्चारमाध्यममा प्रसारितरप्रकाशित अनर्गल र भ्रामक समाचारको हाम्रो सचिवालय घोर भर्त्सना र खण्डन गर्दछ ।
मन्त्री मण्डल फेरबदलको बिषय प्रधानमन्त्री केपी शर्मा ओली कै क्षेत्राधिकारको बिषय रहेको कुरा अध्यक्ष कमरेड प्रचण्डले बारम्बार जोड दिईरहनुभएको तथ्य सबैमा विदितै छ । पत्रकारिताको सामान्य मान्यताको पनि ख्याल नगरी भएको यस प्रकारको दुश्प्रचारको भ्रममा नपर्न सबैमा आग्रह गर्दछौं ।
– अध्यक्ष प्रचण्डको निजी सचिवालय, खुमलटार