भगवान गौतम बुद्ध इसा पूर्व ५६३ को छैठौं शताब्दीमा जन्मिएका थिए भने ८० वर्षको उमेर अर्थात ईसा पूर्व ४८३ मा उनको निधन भयो ।
उनी एक अन्तरज्ञानी र गुरु थिए । उनले नै बुद्ध धर्मको जग बसालेका हुन् । आज हामीले तिनै महान बुद्धका केही भनाईहरु उल्लेख गरेका छौं । जुन भनाईं तपाईंको लागि जीवन उपयोगी बन्न सक्छन् ।
– सूर्य, चन्द्रमा र सत्य यी तीन चिज धेरै लामो समयसम्म लुक्न सक्दैन ।
– तिमी आफ्नो सफलता चाहान्छौ भने आफैं प्रयास गर, अर्काको भर पर्यौ भने सफलता मुस्किल छ ।
– एउटा शाश्वत सत्य के हो भने घृणा प्रेमले अन्त्य हुन्छ, घृणाले होइन ।
– बिना स्वास्थ्य जीवन, जीवन होइन पीडाको भण्डार हो ।
– मन सबैथोक हो, जसरी तिमी सोच्छौं, त्यस्तै बन्छौ ।
– सत्यको बाटोमा हिँडिरहेका व्यक्तिले पनि दुईवटा गल्ती गर्न सक्छन्, एउटा पूरा बाटो तय नगर्ने र अर्को, यसको सुरुवात पनि नगर्ने ।
– इच्छा यस्तो चिज हो, जुन कहिल्यै अन्त्य हुँदैन ।
– शंका गर्ने बानी सबैभन्दा खतरनाक हुन्छ, जसले सुमधुर सम्बन्धलाई सखाप पार्छ ।
– गुनासोयुक्त विचारबाट मुक्ति खोज्नुस्, जीवनमा शान्ति मिल्छ ।