निर्मला पन्त हत्या र बलात्कार प्रकरणलाई ट्वीष्ट गराएर राष्ट्रिय राजनीतिमै तरङ्ग पैदा गराउँदै आएका एक चर्चित पात्रलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी टोलीले पत्रकारसमेत रहेका खेम भण्डारीलाई मंगलबार पक्राउ गरेको हो । कञ्चनपुर प्रहरी प्रमुख एसपी दिनेश आचार्यले भण्डारीले निर्मला प्रकरणमा जथाभावी सामाजिक सञ्जालमा लेखेर अफबाह फैलाएको पाइएकाले पक्राउ गरिएको बताए ।
अदालतको मानहानी हुनेगरी सामाजिक सञ्जालमा लेखिएका स्टाटस हटाउनुपर्ने, कानुन व्यवसायी र कानुन व्यवसायीका विरुद्ध अदालतमा आँच आउने कुरा पोष्ट गर्न नहुने, आफ्नै सामाजिक सञ्जाल र मिडियाबाट आगामी दिनमा नलेख्ने प्रतिवद्धता व्यक्त गर्ने सर्त राखिएको थियो । पत्रकार भण्डारीले भने आफूले कुनै गल्ती नै नगरेकाले आफू स्टाटस डिलिट नगर्ने र माफी पनि नमागी अदालतका सबै प्रक्रिया पूरा गर्ने बताउँदै आएका थिए ।
पत्रकार भण्डारी मानखण्ड दैनिकका प्रधानसम्पादक तथा न्यूनतम पारिश्रमिक समितिका पूर्वअध्यक्ष पनि हुन् ।