ओली सरकारमाथि कांग्रेसको २१ आरोप, होली वाइनदेखि वाइड बडीसम्म (बुँदासहित)

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार २१ महिनामा २१ तथ्यमा असफल भएको आरोप लगाएको छ। पार्टी मुख्यालय सानेपामा मंगलवार आयोजित विशेष पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यस्तो आरोप लगाएका हुन् ।

वर्तमान सरकार असफल भएका २१ तथ्य पेश गर्दै शर्माले भने– “यी तथ्यलाई विचार गरेर कांग्रेसलाई मत दिए सरकार बदल्न होइन, सरकारको शैली बदल्न मद्दत पुग्नेछ ।”



यस्ता छन्, सरकार असफल भएका भनेर कांग्रेसले सार्वजनिक गरेका बुँदाहरू:

– राष्ट्रियताको प्रश्नमा असफलता
– संविधानप्रति अपनत्वको दायरा विस्तारमा असफलता
– सत्ताको सैद्धान्तिक चरित्र निर्क्यौलमै असफलता
– संघीयताको बाँकी कार्यभार पूरा गर्नमा असफलता
– कूटनीतिक मामिलामा अपरिपक्वता
– विप्लव प्रकरण : असफलताको फरक पाठ
– शान्ति सुरक्षा : निर्मला प्रकरणमा हरायो सरकार
– मूल्य वृद्धि : धरहरा ढलेर हुनुपर्छ सगरमाथा उक्लियो महंगी
– वाइडबडीलगायतको भ्रष्टाचारमा क्रान्तिकारी छलाङ
– ​बूढीगण्डकी स् कम्युनिस्ट सरकारको राष्ट्रघात
– मेलम्ची परियोजनामाथि खेलबाड
– निजगढ एयरपोर्टको भविष्य अन्यौल
– चिकित्सा शिक्षाका विद्यार्थीको भविष्यमा प्रश्न
– सरकारको नियतले असफल संवैधानिक परिषद्
– शब्दमा प्रेस स्वतन्त्रता, व्यवहारमा नियन्त्रण
– धर्मको प्रश्नमा होली वाइन प्रकरण
– गुठी विधेयक : जनशक्तिले झुकाएको सत्ता
– सामाजिक सुरक्षा कोष स् कर्म कसैको, प्रचार कसैको
– बालुवाटार काण्डमा लिलाम नैतिकता (ललिता निवासको जग्गा)
– कम्युनिस्ट पार्टी उकालो लाग्दा शेयर बजार ओरालो
– असहिष्णु अभिव्यक्ति : अराजनैतिक चरित्र

सम्बन्धित समाचार