पूर्वराजा ज्ञानेन्द्र शाह परिवार सहित राजधानीको एक क्लबमा गएर डान्स गरेको तस्विर र भिडियो भाईरल भएसँगै धेरै प्रकारका प्रतिक्रियाहरु सोसल मिडियामा छरिएका छन् ।
राजपरिवारका सदस्यहरु जनतासँग देश भक्ति गीतमा नाचेको देख्दा धेरैले ज्ञानेन्द्र शाहको तारिफ गरेका छन् भने अर्काथरिले राजपरिवारका सदस्य भएर डिस्को जानुले राम्रो संदेश दिदैन भन्ने आलोचना समेत पोखेका छन् । यहि विषयमा राजनीतिक विश्लेषक डा सुरेन्द्र केसीले आफ्नो धारणा फरक तरिकाले प्रस्तुत गरेका छन् ।
डा केसीका अनुसार प्रचण्ड चाहि रेखा थापासँग सडकमा कम्मर मर्काउन हुने तर राजा चाहि परिवारसंग क्लब जान नहुने हो र भन्दै प्रश्न गरेका छन् । ज्ञानेन्द्र पूर्वराजा भैसकेको भन्दै उनी नगरिकसरह हर गतिबिधिमा सहभागि हुने अधिकार रहेको उनको तर्क थियो ।