मन्त्रिपरिषद पुनर्गठनबारे छलफल गर्न आज नेकपा सचिवालय बैठक बस्दै छ । मन्त्रिपरिषद पुनर्गठन गर्न प्रधानमन्त्री निवास बालुवाटारमा साढे १२ बजे बैठक बोलाइएको छ । नयाँ मन्त्री चयन गर्नुअघि प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् ।
बुधबार बिहान प्रधानमन्त्री ओली र प्रचण्ड शितलनिवास पुगेर राष्ट्रपति भण्डारीसँग परामर्श गरेका हुन् ।
राष्ट्रपतिलाई भेट्नुअघि ओली र प्रचण्डबीच बालुवाटारमा अलग्गै छलफल भएको थियो । प्रधानमन्त्री ओलीले बुधबारै मन्त्रिपरिषद हेरफेरको तयारी गरेका छन् ।