मन्त्रीबाट हटेपछि गोकर्ण विष्टले के भने ?

निवर्तमान श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले आफू थप उर्जा र प्रेरणाकासाथ मन्त्रीबाट बाहिरिएको प्रतिक्रिया दिएका छन् ।

बिहीबार उनले आफ्नो फेसबुक पेजमा लेखेका छन्, “जति दिन श्रममन्त्रीको रुपमा रहेँ – वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवाहरु, पसिनाको मूल्य नपाएका श्रमिकहरु र वेरोजगार युवाहरुको पक्षमा इमान्दारीपूर्वक ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास गरेँ । अहिले मन्त्रीबाट बाहिरिएको छु थप उर्जा र प्रेरणाका साथ ।”



उनले मन्त्रीको रुपमा काम गर्ने अवसर दिएको भन्दै प्रधानमन्त्रीप्रति कृतज्ञता पनि प्रकट गरेका छन् । यस्तै सुधार अभियानमा साथ दिने सहयोगी, शुभचिन्तक एवं सबैलाई धन्यवाद दिएका छन् ।

मन्त्रिपरिषद पुनर्गठनको क्रममा मन्त्री विष्टलाई समेत हटाइएको भन्दै धेरैले प्रधानमन्त्रीको आलोचना गरेका छन् । विष्टले सुरक्षित वैदेशिक रोजगारी, देशभित्रै कामको अवसर र श्रमको सम्मान तथा सामाजिक सुरक्षाको क्षेत्रमा सुधारको प्रयास गरेका थिए ।

https://www.facebook.com/Gokarna.bistauml/posts/2940089469344006

सम्बन्धित समाचार