नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लिपुलेक र कालापानी नेपालको भूमि भएकाले यसलाई फिर्ता गर्न सरकारले कूटनीतिक पहल गर्नुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले लिपुलेक र कालापानी नेपालकै भएकाले यसलाई छाड्न नसकिने उल्लेख गरे ।
सभापति देउवाले संवैधानिक परिषद्लाई शाही आयोगजस्तो बन्न नदिन सरकार गम्भीर हुनुपर्ने भन्दै सरकार संविधान विरोधी बन्न नहुने तर्क गरे । उनले सरकारले महँगी नियन्त्रण गर्न नसकेको र भ्रष्टाचार मौलाउँदै गएको आरोप लगाए । अहिले भइरहेको उपनिर्वाचनमा काँग्रेसको पक्षमा जनमत देखिएको सभापति देउवाको भनाइ थियो ।