बैतडीको दोगडाकेदार गाउँपालिका–४ मा नेपाली कांग्रेसबाट वडा अध्यक्षका उम्मेद्वार सुरेन्द्रप्रसाद भट्ट माथि हातपात भएको छ । बुधबार राति साढे १० बजे नेकपाका कार्यकर्ताहरुले आफूमाथि हातपात गरेको र आफूले भागेर ज्यान जोगाएको उम्मेद्वार भट्टले जानकारी दिए ।
आफ्नो एकजना कार्यकर्तालाई नेकपाका कार्यकर्ताहरुले नियन्त्रणमा लिई आफूलाई फोन गर्न लगाएको र उसलाई छुटाउन जाँदा आफूमाथि हातपात भएको उम्मेद्वार भट्टले दाबी छ । दोगडाकेदार गाउँपालिका ४ को मटेला भन्ने ठाउँमा आफूमाथि हातपात भएको उम्मेद्वार भट्टले जानकारी दिए ।
यो बिषयमा प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले नेपाली कांग्रेसका उम्मेद्वार भट्टमाथि हातपात भएको मौखिक जानकारी आएको बताए । उम्मेद्वार भट्टमाथि हातपात भएको कुरा आफूले गम्भीर रुपमा लिएको उनको भनाइ छ । घटनाको थप अनुसन्धान भइरहेको जनाइएको छ ।