प्रधानमन्त्री ओली खतरामुक्त, स्वास्थ्यमा क्रमिक सुधार

प्रधानमन्त्री केपी शर्मा ओली अहिले खतरामुक्त रहेको उनको उपचारमा संलग्न चिकित्सकहरुले स्पष्ट पारेका छन् ।

अस्पताल परिसरमा शुक्रबार पत्रकार सम्मेलन गर्दै उनीहरुले यस्तो प्रतिक्रिया दिएका हुन् । प्रधानमन्त्री ओलीका निजी चिकित्सक प्रा।डा। दिव्या सिंह शाहका अनुसार प्रधानमन्त्री अब हिँडडुल गर्नसक्ने अवस्थामा छन् ।



उनले भनिन्,‘उहाँको पाचन प्रणाली पनि ठीक छ । रक्तचाप पनि अहिले सन्तुलित छ । एपेन्डिसाईटिसको शल्यक्रिया गरेकोले संक्रमण भएकोले भित्रै राखिएको छ । उहाँको अवस्थामा सामान्यीकरण हुन अझै एक हप्ता समय लाग्छ ।’

प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार समेत रहेको चिकित्सक डा। अरुण सायमीले त प्रधानमन्त्री नियमित काममा फर्कन अझै दश दिन समय लाग्ने जानकारी दिए ।

डा। शाहले प्रधानमन्त्री अहिले खतरामुक्त रहेको बताउँदै भोलिको अवस्था कस्तो हुन्छ रु भन्नेबारे अहिले नै एकिनका साथ भन्न नसकिने बताईन् । उनले भनिन्,‘उहाँको मिगौलामा समस्या छ । अस्ति र हिजो पनि हामीले हेमोडायलासिस गरियो ।’

आफूहरुले प्रधानमन्त्रीलाई पुनः प्रत्यारोपण गर्दा फाईदा हुन्छ भन्ने सुझाव दिएका पनि उनले सुनाईन् ।

उनले भनिन्,‘छलफल भैरहेको छ । किड्नी पनि फेर्नेबारे छलफल भएको छ । अहिले उहाँलाई देखिएको मेजर डिजिज दुई वटा हो । एउटा मिगौलाको समस्या, अर्को एपेन्डिसाईटिसको शल्यक्रिया गरिएको छ ।’

प्रधानमन्त्री ओलीको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा गत मंगलबार एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।

सम्बन्धित समाचार