यी हुन् नेकपाले परिणाम उल्टाइएका नौ स्थान

उपनिर्वाचनको परिणाम आउने अन्तिम चरणमा छ । परिणाम आउंदै गर्दा यसअघिको निर्वाचन भन्दा केहि फरक परिणाम आएका छन् । नेपाल कम्युनिष्ट पार्टी नेकपाले केहि ठाउँमा परिणाम उल्ट्याइएको छ । काङ्ग्रेस लगायत अन्य दलले जितेका यी स्थानमा नेकपाले परिणाम उल्ट्याएको हो ।

१, महोत्तरी : पिपरा गाउँपालिका अध्यक्षमा राजपाको ठाउँमा नेकपाले विजयी हासिल गरेको छ । कुल १८ हजार ५ सय ८८ मतदाता रहेको यस क्षेत्रमा नेकपाका उम्मेद्वार विक्रम चौधरीले ३ हजार २ सय ४९ मत पाएका थिए । कांग्रेसका विजय यादवले १ हजार ९ सय ३५ मत ल्याउदा समाजवादीका रामजानकी यादवले ३ हजार ४१ मत पाए । राजपाकी रविताकुमारी चौधरीले २ हजार ९ सय ८६ मत ल्याइन् ।



२, हुम्ला : खार्पुनाथ गाउँपालिका उपाध्यक्षमा पनि कांग्रेसको ठाउँमा नेकपा विजयी भएको छ । २ हजार ८ सय ६९ मत खसेकोमा नेकपाकी रूपा शाहीले १ हजार ५ सय ५४ मत ल्याईन् भने कांग्रेसकी ताराकुमारी शाही १ हजार ३ सय ८५ मत ल्याईन् ।

३, पाँचथर: फिदिम नगरपालिका–१ मा कांग्रेसको ठाउँमा नेकपा विजयी भएको छ । कुल २ हजार ५ सय ८२ मत खसेकोमा नेकपाका गजाधर भट्टराईले १ हजार ४ सय ४६ मत ल्याई विजयी भए । कांग्रेसका सुवराज थापाले केवल ९ सय ७२ मत ल्याए ।

४, भोजपुर : पौवादुङ्मा गाउँपालिका–१ मा पनि कांग्रेसको ठाउँमा नेकपा विजयी भएको छ । कुल ९ सय ६५ मत खसेकोमा नेकपाका जितेन्द्र राईले ६ सय ९९ मत ल्याई विजयी भए । कांग्रेसका समरबहादुर कार्कीले केवल २ सय ५४ मत पाए ।

५, सिरहा : कल्याणपुर नगरपालिका–१२ मा कांग्रेसको ठाउँमा नेकपा विजयी भएको छ । कुल २ हजार ४ सय ८० मत खसेकोमा नेकपाका दिलीपकुमार यादवले ८ सय २५ मत ल्याई विजयी भए । कांग्रेसका राजकुमार मुखियाले ६ सय १५ मत पाए ।

६, सिन्धुपाल्चोक : इन्द्रावती गाउँपालिका–८ मा कांग्रेसको ठाउँमा नेकपा विजयी भएको छ , कुल १ हजार १ सय ७५ मत खसेकोमा नेकपाका केदारनाथ आचार्यले ७ सय १२ मत ल्याई विजयी भए । कांग्रेसका राले तामाङले केवल ४ सय ३९ मत पाए ।

७, बाँके : कोहलपुर नगरपालिका–६ मा कांग्रेसको ठाउँमा नेकपा विजयी भयाृे । कुल १ हजार ६ सय ३४ मत खसेकोमा नेकपाका रामशरण थारूले ८ सय मत ल्याई विजयी भए । कांग्रेसका कृष्णबहादुर थारूले ७ सय ३६ मत पाएका थिए ।

८, बाजुरा : त्रिवेणी नगरपालिका–१ मा कांग्रेसको ठाउँमा नेकपा भयो । कुल ७ सय २७ मत खसेकोमा नेकपाका मनराजे बुढाले ३ सय ६७ मत पाए भने कांग्रेसका खगेन्द्र चँदाराले ३ सय ४७ मत पाए ।

९, अछाम : मल्लेख गाउँपालिका–५ मा कांग्रेसको ठाउँमा नेकपा विजयी भयो । कुल १ हजार ३५७ मत खसेकोमा नेकपाका रमेशबहादुर खड्काले ७ सय ७८ मत पाई विजयी भए । कांग्रेसका वीरबहादुर बोहराले केवल ५ सय ६३ मत पाए ।

सम्बन्धित समाचार