अस्पतालबाट प्रधानमन्त्रीले दिएको भिडियो सन्देश

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य राम्रो हुँदै गइरहेको बताएका छन्। सोमबार दिउँसो अस्पतालबाटै एक भिडियो सन्देश जारी गर्दै उनले मेजर अप्रेसनपछि पनि आफू बोल्न र उठेर बस्न सक्ने भएको बताएका छन्।

यस्तो छ प्रधानमन्त्रीको सन्देश



एपिन्डसाईटिस कसैलाई सूचना दिएर आउने रोग होइन । मलाई पनि अप्रत्यासित रुपमा त्यसैगरी आइलाग्यो। त्यसमा इन्फेक्सन भएछ र त्यो बाहिर पनि फैलियो। त्यसमा मात्रै इन्फेक्सन सीमित भएको भए त्यसलाई निकालेर फाल्न सजिलो हुन्थ्यो। बाहिर पनि भएका हुनाले त्यसलाई हटाउनुपर्यो।

त्यसकारण हप्तारदसदिन उपचारको क्रम लाग्ने नै भयो। तर, मेरो स्वास्थ्य राम्ररी अघि बढिरहेको छ, र सुधार भइरहेको छ। एउटा मेजर अप्रेसनपछि तपाईंहरु देखिरहनु भएको छ, म उठेर बोल्न सक्ने, साथीहरुसँग कुरा गर्न सक्ने अवस्थामा छु र समाचारहरु हेर्न सक्ने भएको छु।

मेरो स्वास्थ्य अवस्था बारे जानकारी :

https://twitter.com/PM_Nepal/status/1201457311778099202

सम्बन्धित समाचार