दुर्घटनाबाट दुई जनाको र भीरबाट लडेर एक जनाको मृत्यु

बाराको महागढीमाइ नगरपालिका ४ मा आइबार राति ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। आइतबारराति पौने १ बजे अनटेष्ट लेखिएको ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका सर्लाहीको बरथहवा नगरपालिका ५ का ६० वर्षीय राजाराम रायको उपचारको क्रममा कलैया अस्पताल बारामा मृत्यु भएको हो। दुर्घटना पश्चात फरार रहेका चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

यस्तै मकवानपुरको बागमती गाँउपालिका ५ लिलाबनमा आइतबारराति ९ बजे ना १ ह ६३१७ नम्बरको अटो रिक्सा पल्टिदा १ महिलाको घटनास्थलमै मृत्यु भएको छ। २ जना घाइते भएका छन्। रिक्सामा सवार बागमती गाँउपालिका ४ की ४२ वर्षीया काउलीमाया रुम्बाको मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका रिक्सामै सवार बागमती गाँउपालीका ४ लालभित्ताकी १८ वर्षीया श्रीमाया घिसिङ र १२ वर्षीया मसली माया घिसिङको सोही ठाउँमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको छ। रिक्सा चालक फरार रहेकाले खोजी भैरहेको छ।



भीरबाट लडेर एक जनाको मृत्यु
धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिका–६ मुंगालीगाउँ बस्ने ५२ वर्षीय लाल बहादुर कार्कीको भिरबाट लडेर मृत्यु भएको छ। आइतबार राति साँढे ७ बजे घरबाट निस्किएका कार्की सोमवार बेलुकासम्म घर फर्किएर नआएपछी आफन्तहरुले खोजतलास गर्ने क्रममा मंगलबार बिहान छुम्लिङ भिर मुनी मृत अवस्थामा पेला परेका थिए।

उक्त घटनाबारे जानकारी पाए लगत्तै घटनास्थलमा खटिएको प्रहरी चौकी लेगुवा र जिल्ला प्रहरी कार्यालय धनकुटाको प्रहरी टोलीले घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एसपी सुदर्शन प्रसाद कोइरालाले जानकारी दिए।

सम्बन्धित समाचार