आजको जमानामा दैनिकी तथा विशेष कामको लागि मोबाइल फोन अत्यावश्यक बनेको छ । मोबाइल फोन पहिलो पटक करिब ४५ वर्ष पहिला ३ अप्रिल १९७३मा प्रयोगमा आएको थियो ।
यसको पहिलो प्रयोग मोटोरोलाको पूर्व उपाध्यक्ष र डिभिजन म्यानेजर मार्टिन कूपरले गरेका थिए । त्यस समय कूपरले न्यूयोर्कको हिल्टन होटलमा संसारको पहले मोबाइल फोनबाट कल गरेर सबैलाई अचम्मित पारेका थिए ।
यस फोनको नाम मोटोरोला ुडायना टिएसीु थियो । कूपरले डायना टिएसीको प्रयोग गर्दै बेल ल्याब्सको हेड अफ रिसर्चलाई कल गरेका थिए र त्यही बेला देखि कम्युनिकेशन क्रान्ति शुरूवात भएको हो ।
मोटोरोला डायना टिएसीको लम्बाई १० इन्च र तौल एक किलो थियो। फोनको ब्याट्री २० मिनेट सम्म चलेको थियो । पूर्व नौसैनिक र इन्जीनियर कूपरले १९५२ मा मोटोरोला कम्पनीमा आबद्ध भएका थिए ।
अहिले मोबाइल प्रविधिले धेरै फड्को मारेको छ, मोबाइल फोन मिनी कम्प्यूटरको रुपमा प्रयोग हुन थालेको छ ।