नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता देव गुरुङले उपसभामुखले राजीनामा दिने कुरा उपसभामुखको स्वैच्छिक र स्वविवेकीय अधिकारको विषय रहेको बताएका छन् । बिहीवार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
संविधानमा सभामुख र उपसभामुख पद फरक-फरक दलको हुनुपर्ने व्यवस्था भएकाले यस्तो अवस्थामा दुवै पद खाली नभई सभामुखको निर्वाचन गर्न नमिल्ने बताए । सभामुख र उपसभामुख एउटै दलको हुनुहुँदैन भनेर सर्वोच्चमा रिट परेकोले त्यसको किनारा नलागेसम्म केही कानुनी जटिलताहरू समेत रहेको बताए ।
साथै उनले सीमा अतिक्रमदेखि अन्य राष्ट्रियतासँग जोडिएक धेरै मुद्दाहरू थाती भएकाले छिट्टै नै मन्त्रिपरिषद्बाट निर्णय गरी संसदको अधिवेशन आरम्भ हुने बताए ।