सिद्धाबाबा प्रकरण: अनुसन्धानका लागि ७ दिनको म्याद थप

बलात्कार अभियोगमा पक्राउ परेका सिद्धाबाबा अर्थात् कृष्णबहादुर गिरीलाई जिल्ला अदालत सुनसरीले फेरि ७ दिनको म्याद थप गरेको छ । अनुसन्धानका लागि अदालतले दिएको चारदिने म्याद सकिएपछि प्रहरीले गिरीलाई आज अदालतमा पेश गरेको थियो । गिरीलाई प्रहरीले अस्पतालबाट अदालत लगेको थियो ।

अनुसन्धानका लागि अदालतले दिएको चारदिने म्याद सकिएपछि प्रहरीले पुनः म्याद थपका लागि उनलाई अस्पतालबाट जिल्ला अदालत, सुनसरीमा उपस्थित गराएको थियो । विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालको को १ च ४०७३ नम्बरको एम्बुलेन्समा राखेर उनलाई उदालत लगिएको थियो ।



अदालतले दोस्रो पटक ७ दिनको म्याद थप गरेको हो । आफ्नै अनुयायीमाथि बलात्कार प्रयास गरेको उजुरीपछि प्रहरीले गत मंसिर १६ गते विराट नर्सिङ होमको आईसीयूबाटै उनलाई पक्राउ गरेको थियो ।

प्रहरीले अहिले कृष्णदासलाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ । आफ्नै अनुयायीमाथि बलात्कार प्रयास गरेको उजुरीपछि प्रहरीले गत मंसिर १६ गते विराट नर्सिङ होमको आईसीयूबाटै उनलाई पक्राउ गरेको थियो ।

सम्बन्धित समाचार