नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूहरुबीचकै अन्तर्घातले चुनाव हारेको बताएका छन् । कावासोतीमा भएको नेपाल प्रेस युनियन नवलपुर शाखाले स्थापना गरेको सुर्यभक्त पतनादेबी स्मृति राष्टिय पत्रकारिता पुरुस्कार बितरण समारोहमा सभापति देउवाले काग्रेस २ गुट भएर चुनावमा जाँदा हार भएको बताए ।
सभापति देउवाले भने, ‘कम्युनिस्टहरु दुई पार्टी भएर पनि एक भएर चुनाब लडे तर काग्रेंस एक पार्टी भएर पनि दुई गुट भएर चुनाबमा जाँदा पार्टीको हार भएको हो । हामी आफनै कारण त्यो पनि अन्तर्घातका कारण चुनाबमा हार्न पुगेका हौं ।’ अबको आफनो योजना पार्टीलाई एक बनाएर आगामी चुनाबमा एक नम्बरको पार्टी बनाउने रहेको पनि सभापति देउवाले बताए ।
त्यस्तै सभापति देउवाले लिपुलेक र कालापानी नेपालको अभिन्न अगं भएकाले यो कुनै पनि हालतमा नेपालले छाडन् नसक्ने बताएका छन् ।
आफू प्रधानमन्त्री रहँदा लिपुलेक र कालापानी नेपालको हो भन्ने कुरामा स्पष्ट पार्दै सम्झौता नै गरेको बताए । देउवाले अहिले राष्ट्रियताको सबालमा ओली सरकार मौन बसेको भन्दै सरकारको आलोचना समेत गरे ।