भ्रमण वर्षलाई लिएर तनावमा मन्त्री भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराइले १९ मंसिरमा विभिन्न राजनीतिक दलका नेता तथा तिनका भ्रातृसंगठनका नेताहरूसँग छलफल गरे । भ्रमण वर्ष २०२० का लागि सहयोग मागे र सफलताका लागि सुझाव पनि। सुझाव र सहयोगको लेनदेन दलहरूसँग मात्र होइन, १८ मंसिरमा ३१ देशा राजदूतसँग पनि गरे ।

दुई दिनका यी घटनाले प्रस्ट पार्छन्– भ्रमण वर्ष प्रवर्द्धनको गतिबाट मन्त्री हतास छन् । भ्रमण वर्ष सुरु हुन जम्माजम्मी ३ साता बाँकी हुँदासम्म भ्रमण वर्ष सचिवालयको कछुवा गतिले मन्त्री भट्टराईलाई तनाव त दिएकै छ, त्योभन्दा बढी कार्यक्रम असफलताको निकट पुगेको छ। यो खबर आज आइतबारको नेपाल साप्ताहिकमा योगेश ढकालले लेखेका छन् ।



संयोजक सुरज वैद्यको आनीबानीले नै सचिवालय स्वयं अभियानप्रति गम्भीर छैन भन्ने देखाउन काफी छ। संयोजक वैद्य भेटमा मन्त्री र मन्त्रालयका असहयोगको गुनासो सुनाइहाल्छन् ।

अनि सदस्यसचिवमा बच्चुनारायण श्रेष्ठको नियुक्तिप्रति आलोचक देखिन्छन् । तर वैद्य स्वयं मन्त्रीले आयोजना गरेको कार्यक्रममै जाँदैनन् । १९ मंसिरको कार्यक्रममा वैद्यले भारत गएको भनी सहयोगी भएनन् ।

सम्बन्धित समाचार