कोहलपुरमा ट्रकको ठक्करबाट आईतबार बिहान एक बालिकाको मृत्यु भएपछि उत्पन्न तनावले उग्र रुप लिंदा ९ जना प्रहरी घाइते भएका छन् । प्रदर्शनकारीको ढुंगामुढाबाट कोहलपुरका प्रहरी प्रमुख डीएसपी हेमराज शाहीसहित ९ जना प्रहरी घाइते भएका हुन् ।
आक्रोसित विद्यार्थीहरूले सडकमा रोकिएका आधा दर्जन बढी गाडीहरूको सिसा फुटाइदिएका छन्। उनीहरुले चोकमा टायर बालेर यातायात आवागमन अवरुद्ध पारेका छन्। स्थिति नियन्त्रण लिन प्रहरीले १५ राउण्ड हवाइ फायर गरेको छ। दर्जनौं राउन्ड अश्रुग्यास हानेको छ। घटनामा केही विद्यार्थी घाइते भएका छन्। घाइतेहरूको कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले कर्फ्यू लगाउने अवस्था आएको जानकारी दिए ।
कोहलपुर–नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाइस्कुल चोकमा ट्रकको ठक्करबाट त्रिभुवन उच्च माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत कोहलपुर–१० की प्रकृति चन्दको मृत्यु भएको थियो ।