महिला सांसद भन्छन् : संसदभित्रै यौन हिंसा भयो, पुरुष सांसदले ‘फिलिङ्स’ आउने गरी ‘हग’ गर्छन्

‘यौन हिंसा भनेको के हो ? कसरी हुन्छ ? हिंसामा परेका महिलाले कसरी व्यक्त गर्नेरु कोसँग, कहाँ गएर हिंसामा परे भनेर गुहार्ने ? यी प्रश्नको जवाफ छ ?’ गण्डकी प्रदेशसभा सदस्य पुष्पा केसी भण्डारीले तेस्र्याएका प्रश्न हुन् यी । उनले संसदभित्रै यौनहिंसा भएको बताइन्। भनिन्, ‘पुरुष सांसदबाट संसदभित्रै हामीमाथि यौनहिंसा भएको छ तर इज्जतको डरले सहन बाध्य छौं।’

पुरुष सांसदहरूले जिस्किने र मात्तिने नियतले फिलिङ्स दिने गरी हात मिलाउने र टाँसिएर ‘हग’ गरेको उनले दाबी गरिन्। ‘के हग गर्दा फिलिङ्स आउने गरी गर्नुपर्छ ? टाँसिइरहनुपर्छ ?’ उनले भनिन् । यो खबर आजको कान्तिपुरमा प्रतीक्षा काफ्लेले लेखकी छन्।



पढेलेखेका, बुझ्ने र शिक्षित व्यक्ति पुग्ने संसद भविनभित्रै भइरहेका यस्ता गतिविधिप्रति कसैको ध्यान नपुगेकामा उनले गुनासो गरिन्।

सम्बन्धित समाचार