पश्चिमी वायुले हिमपात र वर्षाको सम्भावना

देशभरको तापक्रम क्रमशस् घट्दो अवस्थामा रहँदा चिसो बढ्दै गएको छ । यो क्रम अझै जारी रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बुधबारबाट नेपालमा पश्चिमी वायुको प्रणाली प्रवेश गर्ने भएकाले चिसो बढ्नुका साथै हिमाली क्षेत्रमा हिमपात तथा पहाडी क्षेत्रमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।



यही पश्चिमी वायुकै कारण तापमानमा पनि गिरावट आउने महाशाखाले जनाएको छ ।

महाशाखाले जारी गरेको सूचनामा भनिएको छ, ‘यो प्रणाली पूर्व सर्दै नेपालको पश्चिमी भेगमा बुधबार साँझसम्ममा प्रवेश गर्ने देखिन्छ । यस प्रणालीका कारण नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात हुने सम्भावना छ । यो प्रणाली बिहीबार अझै सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भूभागमा समेत हिमपातको सम्भावना छ ।’

यो प्रणालीका कारण देशैभरी बदली भई अधिकतम र न्युनतम तापक्रममा गिरावट आई देशैभरी चिसो बढ्ने र यस प्रणालीका कारण देशका पश्चिमी भूभागका धेरै स्थानहरूमा र मध्य र पूर्वी भूभागका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना समेत रहेको जनाइएको छ ।

बुधबारबाट सुरू भई यो मौसमी प्रणाली शनिबारसम्ममा अन्त्य हुने जनाइएको छ । उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात हुन सक्ने र पहाडी भेगमा वर्षा हुने तथा तापक्रममा गिरावट पनि हुने सम्भावना रहेको हुनाले सतर्कता अपनाउन सबैलाई पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाले जारी गरेको ३ दिने मौसमको पूर्वानुमान यस्तो छ :

मंसिर २४ गते (मंगलबार)

दिउँसोस् देशको पहाडी भू-भागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

रातिस् देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदलि रही बाँकी भूभागमा आंशिक बदलि रहनेछ ।

मंसिर २५ गते (बुधबार)

दिउँसोस् देशको पश्चिमि भू-भाग लगायत मध्य र पूर्वी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदलि रही उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरुमा हल्का हिमपात हुने तथा बाँकी भूभागमा मौसम आंशिक बदलि रहनेछ।

रातिस् देशको पश्चिमि भू-भाग लगायत मध्य र पूर्वी पहाडी भू-भागमा सामान्य बदलि रही थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात हुने तथा बाँकी भूभागमा आंशिक बदलि रहनेछ ।

मंसिर २६ गते (बिहिबार)

दिउँसोस् देश भर सामान्य देखि पूर्ण बदली रही पश्चिम भेगका धेरै स्थानहरु र मध्य तथा पूर्वका केही स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ । साथै उच्च हिमाली भूभागहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ ।

रातिस् देश भर सामान्य देखि पूर्ण बदली रही पश्चिम भेगका धेरै स्थानहरु र मध्य तथा पूर्वका केही स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ । साथै उच्च हिमाली भूभागहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

सम्बन्धित समाचार