मानवअधिकार संगठनद्वारा धर्ना कार्यक्रम

अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका दिन राष्ट्रिय मानवअधिकार संगठनले काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिएका छन् । संक्रमणकालीन न्यायमा राजनीतिक हस्तक्षेप बन्द गर, दण्डहीनताको अन्त्य गर, संक्रमणकालीन न्यायका सम्बन्धमा सर्वोच्च अदालतको फैसला कार्यन्वयन गर र खै न्याय लेखिएका व्यानरहरूसहित मानवअधिकारकर्मीहरूले धर्ना दिएका हुन् ।

सधै दिवस मनाउन भन्दै औपचारिक रूपमा भव्य कार्यक्रम गर्ने अवस्था नेपालमा नभएकोले आफूहरूले विरोध काकार्यक्रम गरेको नेपाल मानवअधिकार संगठनका केन्द्रीय अध्यक्ष इन्द्रप्रसाद अर्यालले बताए ।



‘नेपालमा सहज रूपमा न्याय प्राप्त नभएकाले यसलाई हामीले उत्सव भन्दा पनि पीडाको प्रर्दशन गरेको हो’ अध्यक्ष अर्यालले भने ।

सम्बन्धित समाचार