यस्तो छ आजको मौसम पूर्वानुमान, देशैभरी चिसो बढ्ने, हल्का वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै नेपालको मौसम आज (बुधबार)देखि बदली हुने जनाएको छ। महाशाखाका अनुसार पूर्वी इरान र अफगानिस्तानमाथि रहेको पश्चिमी वायुको प्रणाली पूर्व सर्ने क्रममा छ र यो बुधबार साँझसम्म नेपालको पश्चिमी भेगमा प्रवेश गर्ने देखिन्छ।

यस प्रणालीका कारण नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भेगमा भारी हिमपात हुने सम्भावना रहेको महाशाखाले जारी गरेको विशेष बुलेटिनमा उल्लेख छ। यो प्रणाली बिहीबार अझै सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भूभागमा समेत हिमपातको सम्भावना रहने महाशाखाले जनाएको छ।



विशेष बुलेटिनमा भनिएको छ– उक्त प्रणालीका कारण देशैभरि बदली भई अधिकतम र न्युनतम तापक्रममा गिरावट आई देशैभरी चिसो बढ्ने देखिन्छ। साथै यस प्रणालीका कारण देशका पश्चिमी भूभागका धेरै स्थानमा र मध्य र पूर्वका केही स्थानमा हल्का वर्षाको सम्भावना समेत रहेको महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले बताइन् ।

सम्बन्धित समाचार