नेपाली लोकवार्ता तथा संस्कृति समाजको लोकवार्ता कङ्ग्रेस

 

नेपाली लोकवार्ता तथा संस्कृति समाजले मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा ‘सातौँ अन्तर्राष्ट्रिय लोकर्वाता कङ्ग्रेस’ सम्मेलन गर्ने भएको छ । नेपाली लोकवार्ता तथा संस्कृति समाजले बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै समाजका अध्यक्ष तुलसी दिवसले सो कुराको जानकारी गराएका हुन् ।



मंसिर २७ देखि शुरू हुने उक्त सम्मेलनमा विभिन्न उपविषयहरूमा सम्मेलन कार्यपत्र प्रस्तुत, छलफल र लोककलाको प्रदर्शन गरिने छ । सम्मेलनमा लोकवार्ता तथा अभौतिक सांस्कृतिक सम्पदा, लोकवार्ता तथा विकासका सन्दर्भहरू, लोकवार्ता, लैङ्गिकता तथा शक्ति, लोकर्वाता, सिर्जनात्मक लेखन तथा काव्य, पर्यटन तथा सांस्कृतिक उद्योग, लोकवार्ताको राजनीति तथा राजनीतिको लोकवार्ता, कला तथा लोकभाषालगायतका विषयहरू समेटिने छन् ।

साथै, लोक साहित्य, समाजशास्त्र, मानवशास्त्र, संगीतशास्त्र, भाषाविज्ञान, पर्यटन, इतिहास, भुगोल, कम्युटर विज्ञान, इञ्जिनियरिङ्ग जस्ता विभिन्न विधासँग सम्बन्धित शिक्षक, विद्यार्थी, अनुसन्धाताहरूले अनुसन्धान र प्रयोग गर्ने साझा मञ्च हुने छ ।

अध्यक्ष दिवसका अनुसार नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा हुने सम्मेलनमा करिब ९६ जना प्रस्तोता तथा सहभागिहरू रहने छन् भने सम्मेलनको उद्घाटन संस्कृति, प्रर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले गर्र्नेे छन् ।

सम्बन्धित समाचार