नेपाली कांग्रेसको आज बस्ने भनिएको बस्ने बैठक रामचन्द्र पौडेल समूहले बहिष्कार गर्ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाले आइतबार दिउँसो १ बजे बैठक बोलाएका थिए।
सभापति शेरबहादुर देउवा १४ औं महाधिवेशनको कार्यतालिका प्रकाशित गर्न सहमत नभएको भन्दै पौडेल पक्षका नेताहरूले बैठक बहिष्कार गर्ने बताएका हुन्।
गत बिहीबार बसेको बैठक पनि पौडेल पक्षका नेताले बहिष्कार गरेका थिए। बैठकमा सभापति देउवाले ४१ विभाग गठन गर्नेलगायत ९ एजेन्डा पेश गरेका थिए। ती एजेन्डामाथि छलफल गर्न आइतबार केन्द्रीय समिति बस्न लागेको हो।
तर असन्तुष्ट पक्षले बैठकमा सहभागी नहुने जानकारी दिएपछि बैठक अन्योलमा परेका छ। बैठकअघि सहमति जुटाउनका लागि उपसभापति विमलेन्द्र निधिले आइतबार बिहान पार्टी महामहामन्त्री सशांक कोइराला र असन्तुष्ट पक्षका नेता प्रकाशनमान सिंह वार्ता गरे पनि सहमति बन्न सकेन।