नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक आज पनि बस्दैछ । विहान ११ बजे पार्टी केन्द्रीय कार्यालय धुम्वाराहीमा बस्ने बैठकमा स्थायी कमिटी सदस्यहरुले आ–आफ्नो धारणा राख्नेछन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजोको बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा केन्द्रित भएर सदस्यहरुले धारणा राख्ने स्थायी कमिटी सदस्य बेदुराम भुषालले जानकारी दिए ।
बैठक आजै सक्ने भनिएपनि एक वर्षपछि बसेको र एजेण्डाहरु धेरै भएकाले केही दिन लम्बिनसक्ने बताइएको छ । महासचिव विष्णु पौडेलले हिजोको बैठकमा पेश गरेको विधान संसोधनको प्रस्ताव, नेपाल भारत सीमा समस्या र आगामी केन्द्रीय कमिटी बैठक लगायतका एजेण्डा तय गरिएका छन् ।
अध्यक्षको प्रतिवेदन र अरु एजेण्डामा एकैपटक वा छुट्टाछुट्टै छलफल हुनसक्ने नेता भुषालले बताए। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ले सरकारको काम कारवाही, राजनीतिक घटनाक्रम, वर्तमान अवस्था र पार्टीको आगामी कार्यदिशालगायत विषय समेटेर हिजो राजनीतिक प्रतिवेदन पेश गरेका थिए।