जुत्ता मेला भृकुटीमण्डपमा उपभोक्ताको भीड

नेपालका चर्चित बाण्डहरूले आयोजना गरेको महासेल महाकुम्भ जुत्ता मेला भृकुटीमण्डपमा उपभोक्ताको भीड लागेको छ । विभिन्न नयाँ नयाँ डिजाइनका जुत्ता–चप्पलहरू एउटै छानामुनि छानी छानी भारी छुटका साथ किन्न पाइने भएकाले उपभोक्ताहरूको भीड लागेको हो ।

मेलामा नेपालका चर्चित बाण्डहरू पिजी सुज, बेम्बो सुज, फुटस्टेप सुज, बोस सुज, भेनस सुज र केटिएम सुजका गुणस्तरीय र स्टाइलिस जुत्ता–चप्पलहरू राखिएका छन् । मंसिर महिना विवाहको महिना भएकाले र पुस महिना जाडो याम भएकाले यो समयमा जुत्ताहरूको माग पनि बढी हुनेगरेको व्यापारीहरू बताउछन् । मेलामा जुत्ता बिक्री गर्न व्यापारीहरूलाई भ्याइनभ्याइ देखिन्छ । नौवटा ब्राण्ड सहभागी उक्त मेलामा दुईवटा कम्पनीले महिलाले लगाउने जुत्ता मात्र बिक्री गरिरहेका छन् भने बाँकी सातवटा कम्पनीहरूले अन्य जुत्ताहरू बिक्री गरिरहेका छन् ।



उपभोत्ताको भीडमा भेटिएका जनकपुरका दिपेश यादवले हातमा भएको दुई जोर जुत्ता देखाउदै भने ‘मेलामा विभिन्न ब्राण्डका गुणस्तरीय जुत्ताहरू छानी छानी किन्न पाइने भएकाले मेरा लागि र छोराको लागि भनेर मैले नि यीः दुई जोर किनें ।’ त्यस्तै, जुत्ता मेलामै भेटिएकी रामेछापकी अनु श्रेष्ठले पनि मेला धेरै ब्राण्डका जुत्ता–चप्पल छानी छानी किन्न पाइएको सुनाइन् ।

मंसिर ६ गतदेखि सुरू भएको महासेल महाकुम्भ जुत्ता मेला मेला पुस ५ गतेसम्म मात्र चल्ने छ ।

सम्बन्धित समाचार