नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठकमा प्रस्तुत भएको राजनीतिक र सांगठनिक प्रतिवेदनमाथि अहिलेसम्म ९ जनाले आफ्नो विचार राखेका छन् ।
अहिलेसम्म अष्टलक्ष्मी शाक्य, वामदेव गौतम, भीम रावल, मुकुन्द न्यौपाने, अग्नी सापकोटा, युवराज ज्ञवाली, छविलाल विश्वकर्मा र गणेश शाहले आफ्नो धारणा राखेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
प्रवक्ता श्रेष्ठका अनुसार स्थायी कमिटीका सदस्यहरुले प्रतिवेदनमाथि आलोचनात्मक र सुझाव सहितको धारणा राखेका छन् ।
आइतबारदेखि सुरु भएको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डद्वारा संयुक्त रुपमा राजनीतिक तथा सांगठनिक प्रतिवेदन पेस गरिएको थियो ।