अन्तिम दाहसंस्कारका लागि कलाकार भट्टराई र क्षेत्रीको पार्थिव शरीर पशुपति आर्यघाटमा

स्वर्गीय कलाकार केशव भट्टराई र दीपक क्षेत्रीको पार्थिव शरीर अन्तिम दाहसंस्कारका पशुपति आर्यघाट लगिएको छ । कलाकार क्षेत्रीको शनिबार निधन भएको थियो भने चलचित्र विकास बोर्डका अध्यक्ष समेत रहेका भट्टराईको आइतबार राति निधन भएको थियो ।
शनिबार कलाकार क्षत्री डिल्ली बजारस्थित आफ्नै निवासको कोठाभित्र सुतेकै अवस्थामा मृत भेटिएका थिए ।

लामो समयदेखि नेपाली चलचित्रमा सक्रिय रहेका ५८ वर्षीय क्षत्रीले दर्जनौं नेपाली फिल्ममा अभिनय गरेका छन्। यस्तै आइतबार राति चलचित्र विकास बोर्डका अध्यक्ष समेत रहेका कलाकार भट्टराईको निधन भएको हो ।



भट्टराईको स्वास्थ्यमा एकाएक समस्या आएपछि उपचारका लागि चाबहिलस्थित ओम अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । पारिवारिक स्रोतका अनुसार उनको मृत्यु आइतबार राति १० बजेर २० मिनेटमा निधन भएको हो ।

भट्टराई अनामनगरमा बस्दै आएका थिए भने घरमा रहेकै बेला एकाएक स्वास्थ्यमा समस्या आएको थियो । उनको हृदयघातका कारण निधन भएको बताइएको छ ।

यसअघि भट्टराई र क्षेत्रीको अन्तिम संस्कारअघि पार्थिव शरीर चलचित्र विकास बोर्डमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो ।
उनीहरुलाई अन्तिम श्रद्वान्जली दिन उनका शुभचिन्तक, विभिन्न राजनीतिज्ञ, कलाकर्मी लगाएत पुगेका छन् ।

सम्बन्धित समाचार