देशभर कुहिरो, पानी पर्ने सम्भावना के छ ?

अहिले काठमाडौं उपत्यकासहित देशभर कुहिरो लागेको छ । केही दिन अघिको वर्षाका कारण जलवाष्पयुक्त हावा विकास हुँदा देशभर कुहिरो लागेको मौसमविद्ले बताएका छन् । केही दिन अब मौसम यस्तै रहने पनि उनीहरुले बताएका छन् ।

आज काठमाडौंसहित पहाडी क्षेत्रमा दिउँसो भने घाम लाग्ने मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्। तर तराईका जिल्लामा भने आज दिनभर नै कुहिरो लाग्ने सम्भावना रहेको उनले बताइन् ।



यस्तै आज राति देशका विभिन्न ठाउँमा आशिंकदेखि सामान्य बदली हुने सम्भावना रहेको पनि उनले बताइन् । तर पानी पर्ने सम्भावना भने छैन ।

मंगलबार बिहान काठमाडौ उपत्यकाको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन गरिएको छ ।

सम्बन्धित समाचार