प्रतिनिधि सभा सदस्य विद्या भट्टराईको सपथ आज

उपचुनावबाट प्रतिनिधि सभाको सांसद पदको लागि चुनिएकी विद्या भट्टराईले आज पद तथा गोपनियताको शपथ लिँदै छिन् । उनलाई उपसभामुख शिवमाया तुम्बाहाम्फेले संसदको कृषि तथा प्राकृतिक स्रोत साधन समितिको सभाहलमा दिउँसो १ बजे शपथ ग्रहण गराउने छिन् । सभामुख नभएको अवस्थामा उपसभामुख तुम्बाहाम्फेले विद्यालाई सपथ ग्रहण गराउन लागेकी हन्।

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको हेलीकोप्टर दुर्घटनामा निधन भएपछि विद्याले कास्की २ बाट उपचुनावमा सांसद पदको लागि उम्मेदवारी दिएकी थिइन्।



उपचुनावमा भट्टराईले नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेललाई ८ हजार ४ सय ३ मतले पराजित गरेकी थिइन् । भट्टराईले २४ हजार ३ सय ९४ मत प्राप्त गर्दा पौडेलले १५ हजार ९ सय ९१ मत प्राप्त गरेकी थिइन् ।

सम्बन्धित समाचार