नेपालको ख्यातिप्राप्त व्यापारिक उद्योग भोईथ अन्तर्गतको कम्पनी युनाईटेड हेभी ईक्युप्मेन्ट्स् एण्ड अर्थ मुभर्स (UHEEM) अर्थात् युहिमको आधिकारिक लोकार्पण सम्पन्न भएको छ । लोकार्पण कार्यक्रम हायात रिजेन्सीमा मङ्सिर २९ गते आइतबार भव्यताका साथ सम्पन्न गरिएको थियो ।
युनाईटेड हेभी ईक्युप्मेन्ट्स् एण्ड अर्थ मुभर्स प्रालिले हालै जारी गरेको प्रेस रिलिजमा भनिएको छ– सन् २०१८ देखि नेपालको निर्माण क्षेत्रमा आधुनिक मसिनरीहरु भित्र्याइ निर्माण कार्यहरू सहज र सुलभ बनाउँदै आएको युहिमले विश्वविख्यात निर्माण कम्पनीहरू जस्तै सनवार्ड, सिनोम्याक र नियोसेनका निर्माण उपकरणहरू– एक्सकाभेटर, ग्रेडर र ब्रेकर आयात गर्दै आएको छ । युहिमले आयात गर्ने सनवार्ड र सिनोम्याक कम्पनीका उपकरणहरूमा जापान, जर्मनी, साउथ कोरियामा उत्पादन भएको अन्तर्राष्ट्रिय स्तरको इन्जिन र स्पेयर पार्टस्हरूको प्रयोग हुन्छ जुन ह्युण्डाई, कोमात्सुजस्ता कम्पनीहरूमा समेत हुने गर्दछ । नेपाली समुदायको मानसपटलमा चाइनिज उपकरणहरू कमसल हुने धारणालाई अनुचित तथा गलत साबित गर्दै अन्तर्राष्ट्रिय स्तरका उपकरणहरूको उत्पादन गर्दै सदैव ग्राहकवर्गको विश्वास जित्न तत्पर रहिआएको छ ।
क्याटरपिल्लर, कोमात्सु, कोबेल्कोजस्ता प्रतिष्ठित कम्पनीहरूको एकमात्र प्रतिस्पर्धी कम्पनी रहेको युहिमले निर्माण उपकरणहरूको गुणस्तर, प्रविधि र विश्वसनीयतामा कहिल्यै सम्झौता गर्ने गरेको छैन । ए क्लास, बी क्लास कन्ट्र्याक्टर, विदेशी कन्ट्र्याक्टरहरुका साथै हाईड्रोपावरहरूका लागि लक्षित गरिएका यी निर्माण उपकरणहरू धादिङ, बुटवल, कपिलवस्तु, सिन्धुली, काभ्रे, रामेछाप, सोलुखुम्बु, चितवन, हेटौँडा, संखुवासभा, ओखलढुंगा, ताप्लेजुङ, आदि साइटहरूमा सफलतापूर्वक संचालन हुँदै आएको कम्पनीबाट प्रेषित प्रेस रिलिजमा उल्लेख गरिएको छ ।