उच्च अदालतमा महराको सुनुवाई हुँदै

भिभिआईपी यौनप्रकरणमा जोडिएका पूर्वसभामुख कृष्णबहादुर महराको आज ९बिहीबार० उच्च अदालत पाटनमा सुुनुवाई हुँदैछ । संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहार आरोपमा गत आसोज १९ मा पक्राउ परेका महरा हाल डिल्लीबजार कारागारमा पुर्पक्षका लागि थुनामा रहेका छन् ।

उनको मुद्दामा उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँवरको संयुक्त इजलासमा पुर्व सभामुख महराको १७ नम्बर निवेदनमा सुनवाई हुँदैछ ।



सम्बन्धित समाचार