नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीसँग भेट गरेका छन् । बिहीबार बिहान देउवाले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् ।
भेटमा ओली र देउवाबीच समसामयिक विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ । देउवाले प्रधानमन्त्रीसँगको भेटमा सभामुखको निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल गरेका छन् । भेटमा देउवाले विवादास्पद अध्यादेश र विधेयक नल्याउन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।