जब एमआरआई मेसिन भित्र जानाजानी गराइयो सेक्स !

 

२५ डिसेम्बरमा ब्रिटिश मेडिकल जर्नल पत्रिकामा प्रकाशित सबैभन्दा लोकप्रिय मेडिकल लेखको २० वर्ष हुनेछ । यस पत्रिकाले चिकित्साको क्षेत्रमा धेरै पुरस्कार प्राप्त गरेको छ । यस लेखले हालसम्म सबैभन्दा धेरै पढिएको र डाउनलोड गरिएको लेखहरूको रेकर्ड पनि बनाएको थियो ।



यस लेखमा एक अनुसन्धानको बारेमा पूर्ण जानकारी दिइएको थियो । यो अनुसन्धान डच वैज्ञानिकहरूले शारीरिक संरचनाको बारेमा ज्ञान बढाउनको लागि गरेका थिए । यस अनुसन्धानको माध्यमबाट शारीरिक सम्बन्ध बनाउने क्रममा पुरुष र महिलाको निजी भागमा भएका परिवर्तनहरूका बारेमा जान्ने प्रयास गरिएको थियो ।

अनुसन्धान कसरी गरियो ? 

सम्बन्ध बनाउने समयमा कसरी महिला र पुरुषहरू निजी भाग कस्तो हुन्छन् भनेर बुझ्नको लागि उनीहरूलाई एमआरआई स्क्यानरमा शारीरिक सम्बन्ध राख्न भनियो । एस स्क्यानर मार्फत महिला र पुरुषहरू कस्तो व्यवहार गर्छन् र कसरी सम्बन्धमा उनीहरूको निजी अङ्गहरू परिवर्तन हुन्छन् भनेर राम्ररी बुझ्ने प्रयास गरिएको थियो ।

त्यस अनुसन्धानका लागि ८ जोडीहरूलाई निजी रूपमा आमन्त्रित गरिएको थियो । यी जोडीहरू मध्ये एक जोडी सडक कलाकार थिए र मानिसहरूलाई जागरूक गर्न धेरै प्रकारका कार्यहरू गर्थे ।

त्यस अनुसन्धानमा ३ एकल महिला पनि थिए जसमा १३ प्रकारका प्रयोगहरू गरिएका थिए । अध्ययनका अनुसार तीन जोडीले दुई चोटि एमआरआई मेसिनमा यौनसम्बन्ध राखेका थिए जबकि एकल महिलाले पार्टनर बिना नै सम्भोग महसुस गरे । अध्ययनको लागि यी सबै शारीरिक डिजाइनका आधारमा छानिएका थिए जसले गर्दा तिनीहरू मेशिनमा पूर्ण रूपले फिट हुन सकुन् ।

एमआरआई मेसिनमा यो अनुसन्धान नेदरल्याण्ड्सको विश्वविद्यालय अस्पतालमा गरिएको थियो । एमआरआई स्क्यानर चारै तिरबाट पर्दाले ढाकिएको थियो जसले गर्दा दम्पतीहरू सम्भोग गर्न नहिचकिचाउँन् ।

एमआरआई स्क्यानरको अगाडि एउटा नियन्त्रण कोठा निर्माण गरिएको थियो । जसमा बसेर अनुसन्धानकर्ताहरूले आफ्नो अध्यनलाइ बुझ्ने कोशिश गरिरहेका थिए । स्क्यानरको मद्दतले महिला र पुरुषहरूको सम्भोग गर्नु अघि र पछाडिका केहि फरक(फरक तस्विरहरू लिइएको थियो ।

अध्ययनले पत्ता लगायो कि मेसिनमा महिलाको तुलनामा पुरुषहरूलाई सम्बन्ध राख्नमा बढी समस्या भइरहेको थियो र एक जोडीले बाहेक सबैले भियग्राको प्रयोग गरेर सम्बन्ध बनाएका थिए ।

अनुसन्धान टोलीले मिसनरी स्थितिमा सम्बन्धको क्रममा पत्ता लगाए कि पुरुषहरूको निजी भाग स्ट्रेट वा एस आकारमा हुँदैन बरू कि बुमराङ्ग आकारमा हुन्छ । र यौन उत्तेजनाको क्रममा गर्भाशय फैलिन्छ भन्ने अघिल्लो धारणा पनि गलत भयो ।

यो अध्ययन पूरा गर्न एक बर्ष लाग्यो । अनुसन्धान टोलीले भने कि लिएको तस्विरहरूबाट अनुसन्धानको जानकारीमा धेरै फाइदा भयो । वर्ष २००० मा यस अध्ययनलाई एलजी नोबेल पुरस्कारबाट सम्मानित गरियो । जुन मानिसहरूले ठूलो रमाईलोसँग पढेका थिए र पछि यसमा उनीहरूले आफ्नो विचारहरू दिएका थिए ।

द बीएमजे म्यागजिनका उपसंपादकका रूपमा रिटायर भएका डाक्टर टोनी डेलमोथले म्यागजिनको यस वर्षको क्रिसमस अंकमा अध्ययनको वार्षिकी र यसको लोकप्रियताको बारेमा लेखेका छन् । डेलमोथले लेखे कि यो अध्ययन आफैँमा अनौठो थियो र सबैजना यसका तस्वीरहरू सित्तैमा हेर्न र यसलाई विस्तृत रूपमा पढ्न उत्सुक थिए ।

यो अध्ययन २० बर्ष अघि क्रिसमसको विशेष अंकमा प्रकाशित भएको थियो । डेलमोथ भन्छन् कि त्यसबेला साधारण मानिसदेखि लिएर वैज्ञानिकसम्म त्यो म्यागजिन जसरी भएपनि प्राप्त गर्न चाहन्थे । डेलमोथ भन्छन् कि म्यागजिनको जुन अंकमा एमआरआईमा सेक्स विषयको बारेमा थियो त्यो यति धेरै बिक्रि भयो, जसको रेकर्ड अहिले सम्म तोडिएको छैन।

डेलमोथ भन्छिन् कि त्यस समयको यो अध्ययनलाई सम्झँदा अहिले पनि अनुहारमा मुस्कान आउँछ र २० बर्ष पछि पनि त्यो लेख पढ्नु त्यति नै रोचक र रमाईलो लाग्नेछ ।

सम्बन्धित समाचार