सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय कमिटी बैठक बोलाएको छ । पार्टी एकीकरणसहितका विभिन्न एजेन्डामाथि छलफल गर्न नेकपाले केन्द्रीय कमिटी बैठक बोलाएको हो । नेकपाले पुस २० गते केन्द्रीय कमिटी बैठक बोलाइएको हो ।
पार्टी कार्यालय धुम्बाराहीमा केही दिन देखि जारी बैठकले पुस २० देखि केन्द्रीय समिति बैठक बोलाउने निर्णय शनिवारको बैठकबाट गरेको हो । नेकपामा ४ सय ४५ सदस्यीय केन्द्रीय कमिटी सदस्य छन् । यसअघि गत वर्ष जेठमा केन्द्रीय कमिटी बैठक बसेको थियो ।
स्थायी कमिटी बैठकमा सदस्यहरूले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलले राखेको विधान संशोधन सम्बन्धी प्रतिवेदनमा धारणा राखेका थिए ।