निजगढ विमानस्थल प्रकरण : रुख नकाट्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजगढ विमानस्थलका लागि तत्काल रुख काट्ने काम शुरु नगर्न अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा र न्यायाधीश कुमार रेग्मीको इजलाशले विमानस्थल निर्माणअन्तर्गत तत्काल रुख कटानको कार्य अगाडि नबढाउन अन्तरिम आदेश जारी गरेको हो ।

वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद भण्डारीसहित ९ जनाले मंसिर १७ गते दायर गरेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले रुख कटान गर्ने कार्य अगाडि नबढाउन भनेको हो ।साथै, सर्वोच्चले विमानस्थलको निर्माणका क्रममा हुने रुख कटानीको विषयमा विपक्षी नेपाल सरकारबाट जवाफ समेत माग गरेको हो ।



विमानस्थल निर्माणको क्रममा ठूलो संख्या रुख कटान गरी वन विनाश गर्न लागिएको भन्दै ९ जनाले मंसिर १७ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सोही रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले आइतबार अन्तरिम आदेश जारी गरेको हो ।

यसअघि पूर्वप्रशास द्वारिकानाथ ढुंगेलसहितले विमानस्थलको निर्माण कार्य रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटमाथि सुनुवाई गर्दा पनि सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको थियो ।

सम्बन्धित समाचार