रसायनको प्रयोग गरी नक्कली घ्यु उत्पादन गर्ने पक्राउ

पर्साको वीरगन्जमा रसायन प्रयोग गरेर नक्कली घ्यु उत्पादन गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वीरगन्जको ब्रह्मचोकमा अनिल श्रेष्ठले सञ्चालन गरेको सिद्धिविनायक पूजा सामग्री पोडक्ट्स उद्योगमा रसायन (केमिकल) प्रयोग गरेर घ्यु उत्पादन गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।



पक्राउ पर्नेमा वीरन्ज महानगरपालिका–१५ घर भएका ३३ वर्षीय अनिल श्रेष्ठ, सोही ठाउँका ३७ वर्षीय रमेश श्रेष्ठ र भारतीय राज्य बिहारअन्तर्गत मोतिहारी जिल्लाअन्तर्गत अदापुर गाउँका २५ वर्षीय राम विलास यादव छन् ।

प्रहरीले उद्योगमा उत्पादन भएर बजारमा बिक्रीका लागि ठिक्क पारिएको केही नक्कली घ्यु समेत बरामद गरेको छ ।

प्रहरीका अनुसार उनीहरुले रसायन प्रयोग गरी नक्कली घ्यु उत्पादन गरेर दूर्गा, पूजा गोकुल घ्यु लेखेको स्टिकर टाँसेर बजारमा बिक्री गर्ने गरेका थिए ।

प्रहरीले घ्यु उत्पादनमा प्रयोग हुने गरेको रसायनबारे भने अनुसन्धान भइरहेको जनाएको छ ।

सम्बन्धित समाचार