सिन्धुलीगढीमा पृथ्वीनारायण शाहको शालिक राखिने

कमलामाई नगरपालिका ३ स्थित सिन्धुलीगढीमा पृथ्वीनारायण शाहको पूर्णकदको शालिक स्थापना गरिने भएको छ । आउँदो पुस २७ गते पृथ्वीजयन्तीका अवसरमा शालिक अनावरण गरिने कमलामाई नगरपालिका प्रमुख खड्गबहादुर खत्रीले जानकारी दिए ।

उनले नेपाललाई एकीकृत र विशाल स्वतन्त्र देश बनाउनका लागि यस स्थानमा भएको युद्ध महत्वपूर्ण रहेकाले त्यस स्थानलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने गृहकार्य भइरहेको बताए ।



वि।सं १८२४ मा त्यस स्थानमा गोरखाली सेनाले युद्ध गरी अङ्ग्रेज सेनाका किन लक नेतृत्वको दुई हजार ४०० सैनिकमध्ये एक हजार ६०० सैनिकलाई मारेको इतिहास छ ।

प्रदेश नं ३ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पर्यटन क्षेत्रको विकासका लागि चालु आवमा रु एक अर्ब ६५ करोड विनियोजन गरेको भ्रमण कार्यक्रमका संयोजक ताराप्रसाद शिवाकोटीले जानकारी दिए ।

सम्बन्धित समाचार