कांग्रेस र राजपासँग मिलेर सरकारविरुद्ध संघर्ष गर्छौंः उपेन्द्र यादव

समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले अब कांग्रेस र राजपा नेपालसँग मिलेर सरकारविरुद्ध आन्दोलन गर्ने बताएका छन् । संविधान संशोधनलगायतका दुई बुँदे माग पूरा नगरेको भन्दै समाजवादी पार्टीले आजबाट सरकार छोडेको छ ।

समाजवादी पार्टीबाट उपेन्द्र यादव र मोहम्मद ईस्तियाक राई सरकारमा सहभागी थिए । आज संसदीय दलको बैठक बसेर समाजवादी पार्टीले सरकार छोडेको जनाएको छ ।



अध्यक्ष यादवले भने सरकारको समर्थनपनि फिर्ता गरेर संघर्षमा जाने घोषणा गरेका छन् । उनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपा नेपालसँग मिलेर सरकारविरुद्ध संघर्ष गर्ने बताए ।

सम्बन्धित समाचार