भिजिट नेपाल २०२० लाई लक्ष्य गरी एक्सेलट्रिपले आतिथि सत्कारको प्रवद्र्धन गर्ने

‘भिजिट नेपाल २०२०’ को पूर्वसन्ध्या पारेर एक्सेलट्रिप ग्लोबलले एक प्रेस विज्ञप्ति प्रकाशित गरेको छ । विज्ञप्तिमा भनिएको छ– ‘नेपाल अहिले २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ भिजिट नेपाल २०२० आयोजनाको अन्तिम तयारीमा जुटेको छ । नेपाल सरकारको यस महत्वाकांक्षी अभियानमा हातेमाले गर्दै नेपालको पर्यटकीय सेवा र उद्यमलई प्रवर्धन र सशक्तीकरण गर्ने उद्देश्यका साथ एक्सेलट्रिप ग्लेबलले नेपालमा पनि आफ्नो सेवा विस्तार गरेको छ । पन्ध्र लाख होटल र ४०० वायुसेवा कम्पनीका संजालमार्फत एक्सेलट्रिप संसारकै तीब्र रफ्तारमा फैलँदो एक अनलइन ट्राभल प्लेटफर्म हो । संसारभरका लाखौं यात्रारत वा यात्राकांक्षी मानिसहरूसम्म पहुँचको सामथ्र्य बनाएको एक्सेलट्रिपले १४ मुलुकहरूमा आफ्नो उपस्थिति जनाइसकेको छ । नेपालको पर्यटनको प्रवर्धन तथा भिजिट नेपाल २०२० अभियानमार्फत् २० लाख पर्यटक भित्र्याउनका लागि एक्सेलट्रिपले नेपाल पर्यटन बोर्डसँग साझेदारीसमेत गरेको छ । त्यसैले एक्सेलट्रिप नेपालको एउटा मुख्य उद्देश्य संसारभरका लाखौं पर्यटकलाई नेपालप्रति आकर्षित गर्दै पर्यटन वर्षमार्फत २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई सार्थक बनाउने हो ।’

‘एक्सेलट्रिप स्वदेशी एवम् विदेशी व्यवसायिक इन्जिनियर कार्यरत नेपालमा नै विकसित अनलाइन होटल तथा एअरलाइन्स बुकिङ् इन्जिन हो, जसले उच्चतम प्रविधि तथा बजार कौसलद्वारा आफूलाई आन्तरिक तथा अन्तर्राष्ट्रिय यात्रीसँग आवध्द गर्दछ । आन्तरिक तथा अन्तर्राष्ट्रिय उपभोक्ता एवम् होटल संचालकहरूलई प्रत्यक्ष जोड्ने मात्र भन्दा पनि यस अन्तक्र्रियात्मक अनलाइन प्लेटफर्मले एकातिर यात्रीहरूलाई स्थानीय होटल खोज्न–रोज्नमा सहयोग पुर्याउदै अनलाइन बुकिङ् प्रणालीको महत्वबारे जानकारी गराउँछ भने अर्कातिर होटलका निम्ति थप ग्राहक उपल्ब्ध गराउँदछ । अर्को शब्दमा भन्नुपर्दा, एक्सेलट्रिपले हाम्रा स्थानीय उद्यमीलाई सातै प्रदेशभित्र चुस्त र छरितो कारोबार निम्ति सीधै अन्तर्राष्ट्रिय बजारसँग एकीकृत गर्दछ । यसबाट एकै ठाउँ (जस्तै, काठमाडौं, पोखरा र चितवनको गोल्डेन ट्र्याङ्गल) मा मात्र पर्यटक ओइरिने नभई सन्तुलित एवम् सबल पर्यटकीय वृद्धिमा सघाउ पुग्नेछ । यसरी समयक्रममा नेपालका कुनाकाप्चामा रहेका साना होटल पर्यटकीय आगमनबाट लाभ लिन पुग्नेछन्, जसबाट निःसन्देह गरिबी निवारणमा पनि सघाउ पुग्नेछ’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।



एक्सेलट्रिपले शून्य प्रतिशत कमिसन लिने हुँदा केही अन्तर्राष्ट्रिय एजेन्टहरू (जस्तै बुकिङ् डट कम, अगोडा, एक्सपेडिया आदि) को उच्च मुनाफाको अधिपत्य तोड्दै होटललाई नै अधिकतम प्रतिफल प्रदान गर्ने कुराको दावी गर्दै अगाडि भनिएको छ– एक्सेलट्रिप नेपालको अर्को उल्लेखनीय पक्ष के हो भने, कुनै पनि नेपालीले स्थानीय बैंकद्वारा जारी भीसा र मास्टरकार्ड तथा इ–सेवामार्फत अन्तर्राष्ट्रिय होटल तथा उडान बुक गर्दै झन्झटरहित वैदेशिक यात्रा गर्न सक्ने छन् । एक्सेलट्रिपले नेपाली र अन्तर्राष्ट्रिय यात्री दुबैलई नेपालस्थित कार्यालयबाट हरसम्भव ग्राहक सेवा प्रदान गर्दै प्रतिस्पर्र्धी दर पनि उपल्ब्ध गराउनेछ ।

एक्सेलट्रिपले नेपालका होटलहरूलई आफ्नो संजालमा ल्याउने कार्य शुरू गरिसकेको छ । नेपालमै संचाल्न भएका कारण पनि यसले आफ्नोे स्तरीय ग्राहक तथा बिक्रेता सेवामार्फत ग्राहक तथा होटललाई झन्झटमुक्त पार्नेछ । त्यसैगरी यसले होटलहरूसँगको कारोबारको भुक्तानी पनि यथाशीघ्र सम्पन्न गर्नेछ ।

नेपाल राष्ट्र बैंकले नेपालका बैंकहरूमार्फत विदेशी मुद्रा कारोबारको अनुमति प्रदान गरिसकेकाले सबै भुक्तानी नेपालभित्रै सम्भव भएका कारण स्वदेशमै विदेशी मुद्राको सञ्चिति समेत बढ्ने विज्ञप्तिमा भनिएको छ । एक्सेलट्रिपको भुक्तानीको माध्यम विदेशी र नेपालका बैंकहरूबाट जारी भिसा, मास्टरकार्ड, युनियन पे सँगसँगै इ–सेवाको डिजिटल वालेट हुनेछन् । विज्ञप्तिको उल्लेखनीय पक्ष के छ भने सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध रहँदै आफ्नो नाफाको केही अंश समाज सेवा तथा परोपकारी कार्यमा खर्च गर्ने छ ।

सम्बन्धित समाचार